Trending
  • बम विष्फोट भएकोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीद्वारा दुःख व्यक्त - Butwal Online

    बुटवल, ३१ साउन । प्रदेश ५ प्रदेशसभा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहीबार राती पेट्रोल बम विष्फोट भएकोमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीले दुःख व्यक्त गरेका छन् ।

     



    शुक्रबार ती दुई संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका हुन् । नेता ढकालको घरमा अज्ञात समूहले घरमा पार्किङ गरी राखिएको गाडीमा बम प्रहार गरी गरिएको आक्रमणको घोर भ्रत्सर्ना गर्दै विज्ञप्तीमा घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न माग गरिएको छ ।

    अनेरास्ववियुका अध्यक्ष लेखनाथ खनाल तथा अखिल क्रान्तिकारीका संयोजक रुपेश पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता घटना दोहोरिन नदिन प्रशासनलाई आग्रह गरिएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार