एक्स्पर्टले पारसलाई रूपन्देहीमा ल्याएर क्रिकेट सिकाउने - Butwal Online

बुटवल, ३१ साउन । बुटवलस्थित एक्स्पर्ट एजुकेशन एण्ड भिर्जा सर्भिसेज प्रालिले पारस खड्कालाई रूपन्देहीमा ल्याएर यस क्षेत्रका क्रिकेट प्रेमी अर्थात क्रिकेट खेलमा भविश्य देख्ने खेलाडी र विद्यार्थीहरूलाइ क्रिकेट सिकाउने भएको छ ।



नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले रूपन्देहीमा आएर विद्यार्थी र खेलाडीहरूलाई प्रशिक्षण दिने भएका छन् । आउदो भदौ ७ गते रूपन्देहीको कोटिहवास्थित शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा विद्यार्थी र खेलाडीलाई खड्काले प्रशिक्षण दिनेछन ।

एक्स्पर्ट एजुकेशन एण्डा भिर्जा सर्भिसेज प्रालि, बुटवलका निर्देशक रोशन कंडेलले यस क्षेत्रका क्रिकेट खेलाडीहरू कप्तानबाट धेरै कुरा सिकाउन खड्कालाई बुटवल ल्याउन लागेकोआज  पत्रकार सम्मेलन गरी जानकारी दिए।  उनले भने, ‘कप्तान खड्काको प्रशिक्षण विद्यार्थीहरूका लागि उपयोगी हुनेछ ।

उनीहरूलाई बलिङरव्याटिङ कसरी गर्ने रु लागयतका कुराहरु सिकाउनेछन ।’पछिल्लो समय नेपालमा क्रिकेट खेलप्रति धेरैको रुचि बढ्दो छ । यस क्षेत्रका खेलाडीले बलिङ र पारसले व्याटिङ गरी प्रयोगात्मक प्रशिक्षण पनि राखिएको कंडेलले बताए । एक्स्पर्टले विभिन्न सामाजिक र खेल क्षेत्रका विकासका लागि काम गर्दै आइरहेको छ । प्रशिक्षणमा जुनसुकै कलेजका विद्यार्थी र खेलाडीले भाग लिन सक्नेछन । प्रवेश निःशुल्क गरिएको छ ।

सो प्रशिक्षण कार्यक्रममा ५ सय खेलाडी विद्यार्थीहरु सहभागी हुने आयोजकको अपेक्षा छ । कार्यक्रम १ दिनको हुनेछ । एक्सपर्टले नेपालका विभिन्न शहरहरुमा यस्ता कार्यक्रमहरु राखेको छ । भदौ ६ गते चितवनमा पनि छ । त्यस्तै पोखरा, झापाको वितामोर्ड, नेपालगञ्ज र काठमाडौंमा पनि प्रशिक्षण दिइने छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार