नवलपरासीका किसानहरुलाई क्षतिपुर्ती दिन भारतको आनाकानी - Butwal Online

सहबान अन्सारी
नवलपरासी, ३२ साउन । नवलपरासीका गण्डक नदि पिडित किसानहरुलाई क्षतिपुर्ती दिन १५ बर्षदेखि भारतले आनाकानी गरिरहेको सरोकारवालाहरुले बताएका छन् ।



नवलपरासीको प्रतापपुर गाऊपालिकाको त्रिभुवन क्यापस बेलाटारीमा भएको गण्डक सम्झौता क्षतीपुर्ती २१ बुदें कार्यवन्यन तथा पुनरावलोकन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा गण्डक अभियान र भावी योजना विषयक कार्पपत्र प्रस्तुत गर्दै बृजराज कुशवाहाले २१ बुदें सहमती मध्ये किसानहरुको बिगत १५ बर्षको क्षतिपुर्ती वापतको रकम दिन भारतीयपक्ष आनाकानी गरेको उल्लेख गरे ।

समितीलाई चाहिएको बल स्वरुप जनता साथमा छ तर नेपाल सरकारबाट हुनु पर्ने सहयोग पाउन नसकेको भन्दै कार्यपत्रमा नेपाल सरकार बाट भारतका लागी कुटनीतिक पहल नगरेका कारण क्षतिपुर्ती नपाएको जनाइएको छ । यस्तै गण्डक हास्पिटल,औलो रोग नियन्त्रण अनुसंधान युनिट,गण्डक कमान क्षेत्रमा बिद्यार्थीहरुलाई भारतमा ईन्जिनियर र डाक्टर पढनका लागी छात्रबृति दिने माग तर्फ भरतले ध्यान नदिएको कार्यपत्रमा उल्लेख गरिएको छ ।

गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ताको अध्यक्षता तथा प्रदेश सभा सदस्य अजय बहादुर शाहीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष कादिर अन्सारी, ह्यात अलि, अशोक गुरुङ्ग,अशोक चौधरी, आर.पी उपाध्याय,पदमा भुषाल,दल सिङ्गार यादव लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

समितीले २०६६ असोजमा मन्त्री परिषदबाट पास गराई सिचाई मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालय हुदै नेपाल स्थित भारतिय दुतावासलाई १४ जुन २०१० मा पत्र पेश गरेको थियो । यसमा पिडित किसानहरुकालागी नेपाली.२ अर्ब ९३ करोड ६० लाख ९३ हजार ८३ रुपया माग गरिएको छ । गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीको आयोजना तथा प्रदेश सभा सदस्य अजय बहादुर शाहीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार