गुणस्तरीय शिक्षाका लागि कर्मचारीहरुको मनोवल उच्च बनाउनु पर्छ : निर्देशक गैरे - Butwal Online

बुटवल, ३२ साउन । प्रदेश नं ५ का शिक्षा विकास निर्देशनालयका निर्देशक मनोज गैरेले विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको मनोवल उच्च नपारी राज्यले चाहे जस्तो गुणस्तरीय शिक्षा हाशील हुन नसक्ने बताएका छन् ।


नेपाल विद्यालय कर्मचारी युनियनको राष्ट्रिय सम्मेलन तथा प्रदेश नं ५ को प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको मनोवल उच्च नपारी राज्यले चाहे जस्तो गुणस्तरीय शिक्षा हाशील हुन नसक्ने भएकाले उनिहरुको मनोवल बढाउने खालका सेवा सुविधा दिनुपर्ने आवस्यकता औल्याए ।



नेपालका कतिपय विद्यालयमा कार्यरत कर्मचारीहरु राज्यले तोकेको न्यूनतम ज्याला भन्दा निकै कम पारिश्रमीक लिएर काम गर्नुपरेको आफुलाई पनि जानकारी भएको भन्दै उनले राज्यले योगदानमा आधारीत सामाजिक सूरक्षा कार्यक्रम ल्याएकोले आगामि दिनमा त्यस्ता समस्या समाधान हुने विस्वास व्यक्त गरे ।

नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमल प्रसाद खतिवडाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा ट्रेड युनियन कांग्रेस प्रदेश नं ५ का बरिष्ठ उपाध्यक्ष कृष्ण बेल्वासे,जिफण्टका प्रदेश सचिव हुमाकान्त काफ्ले,युनियनका संस्थापक अध्यक्ष सुरेन्द्र प्रसाद कानू,कान्ती माबि बुटवलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमानन्द शर्मा,युनियनका महासचिव अर्जुन थापा लगायतले विद्यालयहरुमा कार्यरत कर्मचारीहरुको समस्या र समाधानका बिषयमा आ आफ्नो भनाई राखेका सम्मेलनमा नेपालका ५२ जिल्लाबाट करिव दुई सय प्रतिनिधि÷पर्यवेक्षकहरुको सहभागिता रहेको युनियनका नवलपरासी प्रतिनिधि सन्तु गाहाले जानकारी दिए ।
आजै हुने युनियनको प्रथम प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार