बिद्युतको कालो सूचीमा भएका बाट २० लाख ४१ हजार रकम संकलन - Butwal Online
बिद्युतको कालो सूचीमा भएका बाट २० लाख ४१ हजार रकम संकलन
  • उज्यालो जिल्ला घोषणा
  • प्रिंस मिश्र
    कपिलवस्तु,१ साउन l नेपाल बिधुत प्राधिकरण कृष्णनगर बितरण केंद्रले यस वर्ष कालो सूचीमा रहेकाहरु बाट २० लाख ४१ हजार रकम संकलन गर्न सफल भएको छ l आर्थिक वर्ष २०७५।७६ मा २१ लाख ६५ हजार संकलन गरेको छ l रकम रहेको थियो जस्मा एक लाख मात्र संकलन भएको थियो l



    आर्थिक वर्षमा २०७४।७५मा कालोपाटीमा २१ लाख ६५ हजार रकम रहेको थियो जसमा १ लाख २ हजार मात्र रकम संकलन भएको थियो । त्यस्तै यस वर्ष ८ सय ५९ ठाउमा लाइन काटिएको छ । यस वितरण केन्द्र अन्र्तरगत यस वर्ष ३ हजार ३ सय ७२ नया ग्राहक थप भएका छन । अव यस बितरण केन्द्रका ३६ हजार ६ सय ३३ ग्राहक बनेका छन ।

    वितरण केन्द्रले यस वर्ष विद्युत जाडान वाट ६६ करोड ७० लाख १५ हजार रकम संकलन गरेको छ । गत वर्ष भन्दा यस वर्ष विद्युत विक्रि रकममा ३५।३७ प्रतिशतले वृद्धी भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले वताएका छन । विद्युत चुवाहट कारवाहीमा भने गत वर्ष भन्दा यस वर्षको सख्या कमि देखिएको छ । वितरण केन्द्र सार्वजनिक गरेको प्रगति विवरणमा ८५ जनालाई मात्र विद्युत चुवाहटमा कारवाही गरिएको छ ,गत वर्ष १ सय २० जनालाई कारवाही गरिएको थियो ।

    यस वर्षमा सरकारको उज्यालो अभियान अन्तरगत गरिव तथा विपन्न वर्गका ११ सय ८७ जनालाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ । त्यस्तै २६ ठाउमा नया ट्रान्सफर्मर २८ ठाउमा ट्रासफर्मर अपग्रेड गरिएको छ । वितरण केन्द्र अन्तरर्गत केहि ठाउमा भएको ट्रान्सफर्मर चोरी हुदाँ थप क्षेती भएको वताइएको छ ।
    #ट्रान्सफार्मर चोरी
    विद्युत् विस्तार भएसँगै कपिलवस्तुमा ट्रान्सफर्मर चोरी बढेको छ । रातको समयमा ट्रान्सफर्मर भित्रको तामाको तार झिक्न गिरोह नै सक्रिय रहेको नेपाल विद्युत् प्राधिकरण, कृष्णनगर वितरण केन्द्रले जानकारी दिएको छ । गत फागुन १५ गते बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका थियो ।

    यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए ट्रासर्फमर चार्ने प्रयास गरेको भएपनि असफल भएको वताइएको छ ।
    चैत ५ मा सौनहवामा १०० केभिएको ट्रान्सफर्मर चोरीको वताइएको छ । सौनहवामा भएको चोरीकोे एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका–५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंन्जाले जानकारी दिए । करिव २५ लाख वढीको ट्रासफर्मर चोरी भएको उनले जनाए ।

    ट्रान्सफर्मरमा जडित विद्युत्का क्वायल काट्ने र तामा झिक्ने गरेको उनले जानकारी दिए । चोरी भएका ठाउँका ट्रान्सफर्मर भुइँमा झारेर तामा झिकेर लगेको अवस्थामा भेटिएका थिए।

    दर्गम क्षेत्रमा विद्युतको पहुच

    कपिलवतस्तु जिल्लाकै सवैभन्दा दुर्गम क्षेत्रहरुमा विद्युतको पहुच पुर्याएको वितरण केन्द्रको दावी छ । विजयनगर गाउँपालिकाको जैवावैराठ र शिवराज नगरपालिकाको बनकसमा विद्युत पुुगेपछी वितरण केन्द्रको क्षेत्र भित्र उज्यालो जिल्ला घोषणा समेत गरिएको हो ।

    ४८ वर्ष देखि अन्धकार बनकस गाउँमा विजुली पुगेपछि त्यहाका बासिन्दा हर्षीतभएका छन् । वनकसवासामा विद्युत नहुदा त्यहाका बासिन्दा धेरै समस्या भोग्न वाध्य भएका थिए ।

    विजुलीको प्रदेशन ५का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले स्वीच अन गरेर उदघाटन गरेपछी विजुली नहुदा कष्टकर जिवन विताएर अध्ययन गरिरहेका वालवालीका विजुली पुगेपछि सवैभन्दा खुसी भएका छन ।

    शिवराज नगरपालीका वडा न १ को १० लाख र नेपाल विद्युत प्राधिकरणको ४० लाखको लागतमा विजुली पुर्याउन सफल भएको नेपाल विधुत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगंजाले वताए । वि।स २०२८ सालमा महेन्द्रराज मार्ग विस्तार हुनेवेला वसेको वस्तीमा ४८ वर्ष पछि विजुली पुगेको बिधुत वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले बताएका छन l

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार