विप्लव समूहद्वारा गुल्मीमा अनिश्चितकालीन विद्यालय बन्द - Butwal Online

हुमाकान्त पोखरेल
गुल्मी, १ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले गरेको अनिश्चितकालीन बिद्यालय बन्दले बिद्यार्थीको पढाई प्रभावित बनेको छ ।



बिद्यार्थी संगठनले आफ्ना नेताहरु गिरफ्तार गरेको विरोधमा गुल्मीका सामुदायिक तथा निजी विद्यालयहरु भदौ १ गतेबाट अनिश्चितकालीन बन्द घोषणा गरेको छ ।

विप्लव समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी) ले जिल्ला सचिव बिष्णु बिक र जिल्ला सदस्य राजन खडकाको रिहाईको माग गरेका छन् । गत असार ३० गते कम्युनिष्ट बिद्यार्थी अभियान–२ को उद्घाटन गर्ने प्रहरीले विक र खड्कालाई गिरफ्तार गरेको थियो । बन्दका कारण सदरमुकाम तम्घास र ग्रामीण स्थानमा निजी तथा सामुदायिक विद्यालयहरु पूर्णरुपमा संचालन भएनन् ।

‘बालबालिकाले बिदा भए घरमा पढ्दैनन, बिद्यालय बन्दले बिद्यार्थीसंगै अभिभावक पनि चपेटामा छौ,’ रेसुङ्गा नगरपालिका ८ की कल्पना चन्दले भनिन,‘ बिद्यालयले पनि कसरी जोखिम मोल्ने ।’ बन्दले एसइई परीक्षाको ग्रेड वृद्धिका लागि सञ्चालन भएको परीक्षा भने अवरोध गरेको छैन् ।

संगठनका जिल्ला अध्यक्ष बिकल्प खत्रीद्धारा जारी बिज्ञप्तीमा साउन ३१ गते बिरोध सभा, ३२ गते मसाल जुलुस र भदौ १ गतेबाट अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आवहान गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले भने सामुदायिक बिद्यालय बन्द नगर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकरी यदुनाथ पौडेलले बिद्यालयका प्रध्यानाध्यापक, सुरक्षा निकायका प्रमुख एवं अन्य सरोकारवाला व्यक्तिसंग छलफल गरेर पूर्ण रुपमा बिद्यालय सचालन गर्न निर्देशन गरेको जानकारी दिए । ‘सुरक्षाको प्रबन्ध प्रशासनले गर्छ, बिद्यालय बन्द गर्नेलाई कारबाही पनि गर्छौ,’उनले भने,‘ आज बन्द गरेकालाई पनि ध्यानाकर्षण गराउँदै अब बन्द गर्न दिदैनौ ।’

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार