कपिलवस्तुमा लागु औषध सहित रुपन्देहीका ठाकुर पक्राउ - Butwal Online

कपिलवस्तु,१ साउन । कपिलवस्तुमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं। २ बसपार्क बाट लागु औषध सहित एक जना पक्राउ परेका हुन् ।



पक्राउ पर्नेमा रुपन्देहीको कंचन गाउपालिका वडा नं। १ शान्तिनगर बस्ने २० वर्षका राज कुमार ठाकुर रहेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका ठाकुरलाई संका लागी खानतलासि गर्दा उनको साथबाट लागु औषध नाइट्राभेट १ सय ५० ट्यावलेट, स्पास्मो प्रोक्सी वान प्लस ३२ क्याप्सुल फेला पारेको जिला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई कपिलवस्तु जिल्ला अदालत बाट ७ सातदिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जिला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार