पाल्पाको अनौठो बाघ जात्रा फोटो फिचर - Butwal Online
पाल्पाको अनौठो बाघ जात्रा फोटो फिचर

सुनिल कार्की

पाल्पा, भाद्र २ । पाल्पामा पछिल्लो समय लोप हुुने अवस्थामा पुगेको बाघ जात्रा तानसेनमा आइतबार हर्षीउल्लासका साथ देखाइएको छ ।




परापुर्वकालमा बाघको आतंकले तानसेनबासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको जात्रा आयोजक किरण चित्रकारले बताए ।

केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरेको चित्रकारले बताए । बाघ जात्राको अवसरमा तानसेनको बजारमा बाघका आकृति सहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए ।

प्रत्येक वर्ष रोपाईजात्राको भोलिपल्ट बाघ जात्रा मनाइने प्रचलन रहेको पाल्पाको कला र संस्कृति सम्पदाका जानकार निर्मल श्रेष्ठले बताए । काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने पाल्पामा जनैपूर्णिमाको दिनदेखि लगातार ९ दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार