यस वर्षको मदन पुरस्कार रणहार उपन्यासलाइ, जगदम्बा बैरागी काइँलालाई - Butwal Online

बुटवल, १ भदौ। यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।



त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीले जनाएको छ । दुबै पुरस्कारको राशी ४÷४ लाख रुपैयाँ रहेको छ ।

यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यसअघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार