पाल्पा रोपाई जात्रा फोटो फिचर - Butwal Online
पाल्पा रोपाई जात्रा फोटो फिचर

सुनिल कार्की

पाल्पा,३ भदौ । कुनै समय गाउँघरका यथार्थ घटना ÷परिवेश दर्शाउन निकालिने जात्रा, पर्व र उत्सव निकाल्ने प्रचलन थियो । यस्तै जात्रा र पर्वको अवलोकनबाट समाजको बास्तविकता बुझ्न सजिलो हुन्थ्यो तर आजभोली सामाजिक पर्व जात्रा निकाल्ने प्रचलन पाल्पामा घट्दै मात्रै गएको छैन लोप हुने अवस्थामा पुगेको छ ।



असारको माचोमा जसरी असारे गित गाएर रोपाई गरिन्छ त्यस्तै झल्को दिने गरि निकालिने रोपाईजात्रा पछिल्लो समय पाल्पामा लोप हुने अवस्थामा पुगेको हो ।

पन्चेबाजको लयमा बिच सडक र बजारमा रोपाहाले विउ रोप्ने,बाउँसेले सम्याउने , हलीले गोरु जोत्नुका साथै गोरु दौडाएको दृश्यले जोसुकैलाई मोहित तुल्याएको हुन्थ्यो तर आजभोली पाल्पामा देखिने यस्तो खालको पर्व देखिन छाडेको छ ।

यसरी असारे र साउने रोपाई सकेर दुरुस्तै नक्कलका साथ निकालिने पर्व रोपाई जात्रा पाल्पामा कुनै बेला प्रतिस्पर्धाकै रुपमा प्रत्येक गाउँटोलबाट निकालिने प्रचलन रहि आएको थियो ।

पछिल्लो समय बजेटको अभाव,गाउँमा युवापुस्ताको पलायन,पश्चिमा लोक संस्कृतिका प्रभावको कारण जात्रा लोप हुने अवस्था पुगेको तानसेन नगरपालिका ७ स्थानिय प्रदिप खनालले बताए । पछिल्लो समय हराउँदै गएको रोपाजात्राको संरक्षण गर्न तानसेन नगरपालिका ७ नम्बर वडा कार्यालयले तानसेन रोपाई जात्रा निकाले वडा अध्यक्ष मुक्तिराम जिसीले बताए ।

हेर्नुहोस तानसेन नगरपालिका ७ वडा कार्यालयले निकालेको रोपाईजात्राको तस्वीर

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार