बुटवलका आकाशे पुलमा गफिदै हुनुहुन्छ ? ख्याल गर्नुस् तपाई सिसिटिभीको निगरानीमा हुनुहुन्छ - Butwal Online

बुटवल, २ भदौ । बुटवलमा आकाशे पुल बनेपछि पुल अहिले सेल्फि खिच्ने र गफिन स्थान बनेको छ । पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर बनाईको पुल गफिन स्थानको रुपमा प्रयोग भइरहेको छ ।



बुटवलको राजमार्ग चौराह, मिलनचोक, बसपार्क, कालिका मानवज्ञान स्कुल अगाडि र योगिकुटीमा आकाशे पुल बनेका छन भने ट्राफिक चोकमा अझै बनेको छैन । साँझको समयमा हावा खाने निहुमा युवा युवतीको जमघट बनिरहेको आकाशे पुलमा अब गफिदा भने ख्याल गर्नुपर्ने भएको छ ।

प्रदेश नं. ५ ट्राफिक कार्यालय बुटवलले तपाईलाई कार्यालय बाटै निगरानी गर्न सक्छ । बुटवलका ८ स्थानमा राखिएको सिसिटिभीले राती र दिउसोमा आकाशे पुलको समेत निगरानी गर्न सक्छ । “यसले जुम गरेर पनि गतिविधिहरु निकाल्न सक्छ” प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले भने ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार