कृषि बैज्ञानिक गिरीको ‘जिन्दगीको केछ र भर’ सार्वजनिक (भिडियो) - Butwal Online

नेपालगन्ज ,२ भाद्र । कृषि बैज्ञानिक रबिन गिरीले ‘जिन्दगीको केछ र भर’ बोलको गित युटुवमार्फत सार्वजनिक गरेका छन । उनले पहिलो गितमा रुपमा सोमबार साझ गित सार्वजनिक गरेका हुन ।



गितमा कृषि बैज्ञानिक समेत रहेका गायक रबिनको शब्द र स्वर रहेको छ । दिपक राज बिश्वकर्माको संगीत ÷एरेन्ज रहेको गितकोे अडियो स्टुडियो किङमा रेकर्ड गरिएको हो ।

नेपाल सरकार कृषि अनुसन्धान परिषद क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायलमा कार्यरत कृषि बैज्ञानिक गिरीको गिरी तुलसीपुर नगरपालिका वडा नम्बर १२ का बासिन्दा हुन ।

बजारमा गीत सार्वजनिक भएपछि आफ्नो सानैदेखिको गायक बन्ने इच्छा पूरा भएको गिरीले बताए । माया प्रेममा आधारित उक्त गीतको म्युजिक भिडियोमा दिपेश पौडेल र सन्जना खड्काले अभिनय गरेका छन ।

अमरजंग थापाको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई गौरवले छायाङ्गकन गरेका हुन । गीतको म्युजिक भिडियो ‘हामी सबैको नेपाल’ युटुव च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार