तेस्रो तिलोत्तमा प्रिमियर लिगमा सहभागि हुने टिमको नाम घोषणा - Butwal Online

बुटवल, ३ भदौ । तेस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागि हुने टिमको नाम घोषणा भएको छ । आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी लिगमा सहभागि १० वटा टिमको नाम घोषण गरेको हो ।



आगामी असोज २५ गते देखि रुपन्देहीको तिलोत्तमामा तेस्रो तिलोत्तमामा हुने प्रतियोगितामा प्रदेश नंं ५ का १० टिमको सहभागिता हुने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए । दोस्रो संस्करण सम्म ८ वटा टिमको सहभागिता हुँदै आएकोमा यस बर्ष १० वटा टिमको सहभागिता रहने उनले बताए ।

लिगतमा लुम्बिनी कसाई, रोयल शंकरनगर, ज्ञानोदय गोल्डस, मणिग्राम किङगस सहभागि हुनेछन । त्यसैगरी रुपन्देही पल्टन, बुटवल युनाईटेड, पाल्पाली लिजेन्ट्स, सुपर ११ भैरहवा, सियारी राईनोज, तिनाउ टाईर्गसले सहभागिता जनाउनेछन् ।

त्यसैगरी खेलाडि छनोटका लागि २ सय २९ जना खेलाडिले अक्सनका लागि फाराम भरेको आयोजकले बताएको छ । नज जिवन खेल मैदानमा हुने प्रतियोगिताले नयाँ खेलाडि उत्पादनमा सहयोग पुग्ने तिलोत्तमा क्रिकेट विकास समितिका सिईओ एवं खेल संयोजक भुर्तेलले बताए ।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्धितिय हुनेले २ लाख र म्यान अफ दि सिरिजलाई २० हजार पुरस्कार प्राप्त गर्नेछन् । कुल २५ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा खेलाडि छनोट अक्सन मार्फत गरिनेछ । अक्सन भदौ १४ गते राखिएको छ । कार्यक्रम समितिका अध्यक्ष अच्युत ढुंगानाको अध्यक्षतामा भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार