कपिलबस्तुमा पेस्तोल देखाएर ३ लाख लुटियो - Butwal Online
कपिलबस्तुमा पेस्तोल देखाएर ३ लाख लुटियो

कपिलवस्तु, ३ भदौ । कपिलबस्तुमा अज्ञात व्यक्तिले हतियार देखाएर ३ लाख रुपैयाँ लुटेका छन् । तौलिहवाबाट सिकोटवा जाने बाटोमा रकम लुटिएको थियो ।



तौलिहवामा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर बुद्धभुमि नगरपालिका वडा नं. १० विजगौरी तर्फ जाँदै गरेका कुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर पैसा लुटेको धोवीले बताएका छन, उनको साथमा रहेको ४ वटा नागरिकता अन्य कागजात सहित उक्त रकम लुटिएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नयाब उपरिक्षक सुनील मल्लले बताउनु भएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार