बजेट कार्यान्वयन गर्न माग - Butwal Online
बजेट कार्यान्वयन गर्न माग

बुलबुले, ४ भदौ ।  कर्णालीका सांसदले आव २०७५÷७६ को बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन माग गरेका छन् । कर्णाली प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले कर्णाली प्रदेश सरकारको बजेटलाई कार्यान्वयन प्रक्रियामा बढाउन माग गरेका हुन् ।



विशेष समयमा प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले बजेट कार्यान्वयन प्रक्रिया तत्काल शुरु गर्न माग गरे। भौगोलिकरुपमा धेरै विकट प्रदेश भएकाले बजेट कार्यान्वयनमा ढिला गर्न नहुने शाहीको भनाइ थियो ।

त्यस्तै नेकपाका प्रदेशसभा सदस्य यामलाल कँडेलले साउन महीना पूर्वतयारी र भदौ महीनामा कार्यान्वयनको चरण भएकाले बजेट कार्यान्वयनको तयारी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए । जुन उद्देश्यले बजेटको विनियोजन गरिएको हो त्यसको मर्मअनुसार लक्षित वर्गसम्म पु¥याउन बजेट कार्यान्वयन जरुरी भएको उनको भनाइ छ ।

प्रदेशसभासदस्य शोशिला शाही, चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया, मिनसिंह रखाल, दानसिंह परियार, ठम्बर विष्ट र रातो कामीले जनताका आधारभूत आवश्यकता पूरा गर्न तत्काल बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाउन माग गरेको थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार