प्रधानमन्त्री ओली उपचारका लागि आज सिंगापुर जादै - Butwal Online
प्रधानमन्त्री ओली उपचारका लागि आज सिंगापुर जादै

बुटवल, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली उपचारका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ ।



गत साउन १८ देखि २७ सम्म पनि प्रधानमन्त्री ओली सिंगापुरमै उपचारका लागि पुगेका थिए । अहिले प्रधानमन्त्री कति समय सिंगापुर बस्छन भन्ने विषयमा सचिवालयले केही बताएको छैन ।

तर स्वयं प्रधानमन्त्रीले कम्तीमा ढेड साता सम्म सिंगापुर रहनसक्ने बताएका छन् । १२ वर्ष अगाडी मृगौला प्रत्यारोप गरेका ओलीको त्यसयता नियमित प्रयोग गरिरहेको औषधी अहिले फेरिएको छ । मृगौला प्रत्यारोपण गरेका बिरामीले १० वर्षपछि औषधी परिवर्तन गर्नुपर्ने हुन्छ ।

त्यही अनुसार प्रधानमन्त्रीले विगतमा प्रयोग गर्दै आईरहेको औषधी साउन १८ मा उपचारका लागि सिंगापुर पुगेपछि फेरिएको छ । त्यो औषधीले काम गरे नगरेको विषयमा अहिले परिक्षण भईरहेको छ ।

त्यही कारण पनि प्रधानमन्त्री ओली अहिले सिंगापुर फेरि जान लागेका हुन् । औषधीले यो अवधीमा काम गरे नगरेको त्यहाँको चिकित्सकहरुले हेर्नेछन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार