भारतीय सवारीलाइ भन्सारमा कडाई गरेको भन्दै कांग्रेसको आपत्ति (बिज्ञप्ति सहित) - Butwal Online

प्रिंस मिश्र

कृष्णनगर, ५ भदौ । नेपाली कांग्रेस कपिलवस्तुले सरकारले भारतीय सवारी साधनलाई भन्सारमा कडाई गरेकोप्रति आपत्ति जनाएको छ ।



सिमा क्षेत्रको पारस्परिक सम्बन्धलाई नजर अन्दाज गरी भारतीय सवारी साधनलाई भन्सारमा कडाई गरेको प्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले एक विज्ञप्ति जारी गरी यो निर्णयलाई पुर्नविचार गर्न आग्रह गरेका छन् । यदी यो निर्णयलाई पुर्नविचार नगरिए नागरिक स्तरमा हुने आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मित्र राष्ट्र भारतसंग नेपालको सदियौं देखिको रोटीबेटीको सम्बन्ध छ दुई देश बीचको पारस्पारिक सम्बन्धकै कारण आर्थिक सांस्कृतीक, परम्परा मिल्नु, भेटघाट, विहेवारी र आवातजवात हुन स्वभाविक हो कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस बिज्ञप्ति

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार