मजदुर संगठनको अध्यक्षमा कंडेल - Butwal Online
मजदुर संगठनको अध्यक्षमा कंडेल

बुटवल, भदौ ५ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचको अध्यक्षमा कृष्णप्रसाद कंडेल चयन भएका छन् ।



बुटवलमा सम्पन्न प्रथम अधिवेशनले कंडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा मोहन केसी, सचिवमा प्रकाश बस्याल, शिक्षा सहसचिवमा मुक्तिप्रसाद भट्टराई, आर्थिक सहसचिवमा हुमबहादुर क्षेत्री, महिला सहसचिवमा लक्ष्मी राना चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरूमा मधुसुदन अधिकारी, दामोदर श्रेष्ठ, रवीन्द्र शाही, विमल शाही, धनबहादुर गाहा, दयाराम सुवेदी, मदन थापा, सिद्धराज पौडेल, टंक नेपाली, विधान श्रेष्ठ, सोम खाती, हिमलाल बस्याल, कृष्णप्रसाद पराजुली, माया सारु र रिजा पाण्डे रहेका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार