बाघको आक्रमणबाट एकजनाको मृत्यु - Butwal Online
बाघको आक्रमणबाट एकजनाको मृत्यु

बर्दिया, ५ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा आज बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।



गेरुवा गाउँपालिका–४ की ५६ बर्षीय रामकली शाहीको बाघको आक्रमणबाट मृत्यु भएको बर्दियाका सिडियो रामबहादुर कुरुम्वाङले जानकारी दिए । घर नजिकैको खेतमा घाँस काट्दै गर्दा शाहीलाई बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार