बुटवलमा पनि रबि लामिछानेको समथर्नमा प्रदर्शन (फोटो/भिडियो) - Butwal Online

बुटवल, ५ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रबि लामिछाने र युवराज कंडेलका समर्थकहरुले बिहिबार बुटवलमा प्रदर्शन गरेका छन् ।



बुटवलको अस्पताललाइनबाट सुरु भएको लामिछाने समर्थकहरुको जुलुस ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।प्रदर्शनकारीहरुले न्याय मार्न पाइदैन,भ्रष्ट सरकार चाहिदैन,रबि लामिछानेलाई रिहा गर, पत्रकार पुडासैनीका हत्यारालाई कार्बाही गर जस्ता चर्को नाराबाजी गरेका थिए ।

यस अघि रबि लामिछाने समर्थकहरुले रुपन्देहीको मणिग्राम देखि बुटवल सम्म मोटरसाइकल ¥याली समेत निकालेका थिए । रबि लामिछानेका समर्थकहरुको प्रदर्शनका कारण केही समय ट्राफिक चोकको सवारी आवागमन असहज भएको थियो ।
प्रदर्शनमा सयौंको सहभागिता रहेको थियो ।

 

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार