नेपाल बिषादीको उच्च जोखममा - Butwal Online
नेपाल बिषादीको उच्च जोखममा

बुटवल, ५ भदौ । नेपालमा विषादीको उच्च जोखिममा रहेको एक कार्यक्रममा बोल्ने बक्तारुले बताएका छन । विषादी युक्त तरकारी तथा फलफूलमा प्रयोग गर्ने बिषादीको मात्रा र उपभोग गर्ने समयको ज्ञान नहुँदा उपभोत्तामा जोखिम बढाएको आज बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।



देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश नम्बर ५ र रुपन्देही जिल्ला समितिले आज बुटवलमा आयोजना गरेको विषादीयुक्त तरकारी तथा फलफूल आयत र त्यसले पारेको असर विषयक कार्यक्रममा बोल्ने बत्ताहरुले विषादीको जोखिम कम गर्न उपभोत्ता नै सचेत बन्नु पर्ने बताएका हुन् ।

द्रुत विषादी अन्वेषण परिक्षण केन्द्र बुटवलका बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले विषादीको प्रयोगको ज्ञानको अभावले गर्दा विषादीको जोखिम बढेको बताए । विश्वमा सन् १९३९ बाट मलेरिया नियन्त्रणकालागि विषादीको प्रयोगमा भएको बताउदैं उनले नेपालमा ३९६ ग्राम प्रतिहेक्टरका दरले विषादीको खपत हुने गरेको जानकारी दिए ।

विषादी अन्वेषण परिक्षण केन्द्र बुटवलले साउनदेखि अहिलेसम्म भारतबाट आउँने तरकारी तथा फलफुलको २३ सय ५७ नमुना परिक्षण गरिएको खत्रीले बताए । ३५ देखि ४५ प्रतिशत सम्म विषादी प्रयोग भएको तरकारी खान योग्य रहेको र अहिलेसम्म ३ वटा नमुनामा खान अयोग्य रहेको पाइएको उनले जानकारी दिए ।

कार्यक्रममा देजमोका केन्द्रीय उपाध्यक्ष के.बी गुरुङले आधारपत्र प्रस्तुत गर्दै उच्च विषादीयुक्त तरकारीको प्रयोगले किड्नी, मुटु, कलेजोका रोग तथा मधुमेह र उच्च रक्तचाप रोगहरुको महामारी बढेको बताउदै त्यसको रोकथामका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । बिषादीको जोखिम कम गर्न राज्यले समयमै सही कदम चाल्नु पर्ने बताए ।  बुटवल उपमहानगरपालिकाका प्रवत्ता राम प्रसाद रेग्मीले आर्गानिक खेती गर्ने किशानहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने कार्यक्रम अगाडी सारेको जानकारी दिए ।

आर्गानिक खेतीको लागत मुल्य बढि हुँदा बजारमा किसानले मूल्य नपाएको उँनको भनाई थियो । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका महासचिव धनेश्वर पोख्रेलले कृषि उत्पादन र किसान समस्या समाधानका लागि कृषि क्रान्तिको विकल्प नभएको बताए । बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जीसीले सरकारको नीतिफितलो भएका कारण कार्यान्वयनमा समस्या भएको बताए ।

मोर्चाका जिल्ला अध्यक्ष आरपी शर्मा पोख्रेलको सभापतित्व,सचिव मुजीव अलीको सञ्चालनमा भएको कार्यक्रममा मोर्चाका प्रदेश उपाध्यक्ष पिताम्बर आचार्य,राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव तानबहादुर केसी,लुम्बिनी फलफुल तथा थोक व्यवसायी महासंघका अध्यक्ष केशव कुंवर लगायतले बोलेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार