हुन्डाइको बहुप्रतिक्षित ‘भेन्यु’ गाडी बुटवलमा - Butwal Online
हुन्डाइको बहुप्रतिक्षित ‘भेन्यु’ गाडी बुटवलमा

बुटवल, ५ भदौ । हुन्डाइले बहुप्रतिक्षित ‘भेन्यू’ गाडी नेपाल भित्राएको छ । हुन्डाई गाडीको वुटवलको लागि आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले गाडी बिहीबार बुटवलमा सार्वजनिक हो ।



हुन्डाइ भेन्यू तीन फरक–फरक इन्जिनका सिरिजमा नेपालमा पनि सार्वजनकि गरिएको हो। भेन्यूका तीन वटा अप्सन रहेका छन् । कम्पनीले ३४ लाख ९६ हजार देखि ५५ लाख ९६ हजार रुपैयाँसम्मका फुलअप्सन गाडी सार्वजनिक गरेको हो । एक हजार २ सय सीसी इन्जिन क्षमताको पेट्रोल इन्जिनको कप्पा डुअल भिटिभिटी टेक्नोलोजीको मोडलको गाडी सार्वजनिक गरेको छ । जसको बजार मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सोही इन्जिन क्षमताकै कप्पाको ३७ लाख ९६ हजार रुपैयाँ बजार मूल्य तोकिएको छ । त्यस्तैगरी, १.० टर्वो पेट्रोल इन्जिनकै कप्पा भिटिभिटी टेक्नोलोजीमा रहेको छ । जसमा पाँच वटा मोडलका गाडीहरु सार्वजनिक गरिएको छ । जसको मूल्य ४१ लाख ९६ हजार देखि ५५ लाख ९६ हजार रुपैयाँसम्म मूल्य रहेको छ । यस्तै, १.४ लिटरको डिजेल इन्जिनको सिक्स एमटी मोडलको गाडीको मूल्य ४२ लाख ५६ हजारदेखि ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार