मुख्यमन्त्री कप लिग फुटबलमा नवलपरासीको वजियी शुरुवात - Butwal Online

गणेश आचार्य
दाङ, ५ भदौ । दाङमा आजदेखी सुरु भएको प्रदेश पाँच स्तरिय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता २०७६ मा नवलपरासीले लिग चरणको बिजयी सुरुवात गरेको छ ।


बेलझुन्डी रंगशालामा भएको पहिलो खेलमा घरेलु मैदानमा खेलेको दाङलाई शुन्यका बिरुद्ध तीन गोल गर्दै नवलपरासीले बिजयी सुरुवात गरेको हो । नवलपरासीकालागी जर्सी नम्वर ११ का सुरज आलेमगर एक्लैले तीन गोल गरे ।



उनले पहिलो हाफको ११ औँ मिटेनमा पहिलो र ३९ औँ मिनेटमा दोस्रो गोल गरे । त्यसैगरी खेलको दास्रो हाफको ४३ औँ मिनेटमा तेस्रो गोल गरेका थिए । बिजयी सुरुवातसँगै नवलपरासीले लिग तालिकामा ३ नम्बर प्राप्त ग¥यो ।

भोलि बिहान रोल्पा र बर्दिया बचि खेल हुनेछ भने बेलुकी बाके र रुपन्देही भिड्नेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका थिए ।

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार