नवलपुरमा भाईरल ज्वरोको प्रकोप - Butwal Online
नवलपुरमा भाईरल ज्वरोको प्रकोप

नवलपुर, ६ भदौ । साउन यता ९ सय भन्दा बढि प्रभावित कावासोती ६ भाद्र २०७६ नवलपुरमा भाईरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ । ज्वरोका बिमारिले यहाँका अस्पतालहरु भरिएका छन् ।



मध्यबिन्दु जिल्ला अस्पताल डण्डाले दिएको जानकारी अनुसार साउन महिनाको शुरूवात देखिनै भाईरल ज्वरो का बिमारिको संख्या बढ्न थालेको हो । साउन यता भदौ को पहिलो साता सम्म ९ सय भन्दा बढी भाईरल ज्वरोका बिरामी जिल्ला अस्पतालमा उपचारका लागि पुगेको अस्पताल ले जनाएको छ । जिल्लाका अन्य निजि तथा सामुदायिक अस्पतालहरु मा समेत ज्वारोका बिरामिको संख्या बढेको छ ।

अस्वस्थ्यकर खानपान, स्वास्थ्य प्रतिको वेवास्ता, दुषित पानी लगायतले मानविय स्वास्थयमा प्रत्यक्ष असर पार्नुका साथै बिरामिको संख्यामा बृद्धि भएको हो । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टकेन्द्र गौतमका अनुसार सामान्य अवस्था भन्दा विरामीको संख्या केही बढेको भएपनि भाईरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था रहेको छ ।

जिल्ला अस्पतालमा दैनिक ५० देखि ६० ओ.पि.डिमा बिरामी आउने गर्दछन् । तर ओ.पि.डिमा आउने ९० प्रतिशत बिरामी भाईरल ज्वरोका बिरामी रहेको गौतमले बताए । विरामीहरुमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखापर्ने गरेको गौतमले बताए । भाईरल ज्वरो एक ब्यक्तिबाट अर्कोमा सर्ने हुदा सतर्कता अपनाउन पर्ने डा. गौतमले सुझाब दिए ।

स्वास्थकर खाना खाने , नियमित स्वास्थ्य परिक्षण गर्ने र सरसफाईमा विशेष ध्यान दिन सके यस्ता रोगहरु बाट बच्न सकिने गौतमले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार