नेपाललाई कम्बोडिया बनाउन खोजिदै छ : गगन थापा - Butwal Online
नेपाललाई कम्बोडिया बनाउन खोजिदै छ : गगन थापा

कावासोती, ६ भदौ । नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य गगनकुमार थापाले बर्तमान सरकार नेपाल लाई कम्बोडिया बनाउन तर्फ अग्रसर रहेको दाबी गरेका छ्न् ।

 



पुर्बमन्त्री समेत रहेका नेता थापाले बर्तमान सरकारको गतिविधि मुलुकलाई बर्बाद गर्ने तर्फ केन्द्रित रहेको बताए । कावासोतिमा रहेको नवलपुर एफ एम को बार्सिकउत्सब समारोहलाई संबोधन गर्दै थापाले कम्वोडियाका प्रधानमन्त्रि हुन सेन नेपालका प्रधानमन्त्रि केपि ओलिको मन पर्ने नेता भएको भन्दै उनी सेन पथमा लागेको बताए । सेनको कार्याकाल कम्बोडियालाई बर्बाद बनाएको भन्दै बदनाम छ ।

थापाले प्रधानमन्त्रि केपि शर्मा ओलिले देशलाई समृद्धिको वाटो तर्फ भन्दा पनि दुर्गतिको वाटोमा धकेलिरहेको आरोप लगाए ।उनले अहिलेको सरकारबाट जनताको जिउधनको समेत सुरक्षा हुन नसकेको प्रष्ट देखिएको बताए । “ईतिहासमै वलियो दुईतिहाईको सरकार भएरपनि जनताकोलागि एउटा पनि राम्रो काम गर्न नसक्नु लज्जास्पद छ ।” उनले भने ,” जनताको सोच अनुसार काम हुन सकेन ।”

थापाले नेपाली कांग्रेस भित्र भएको कमि कमजोरीलाई सुधार गर्दै अब जनताको विचमा रहेर काम गर्नुको विकल्प नभएको बताए । उनले अर्को एक प्रसंगमा बर्तमान पुस्ताले मान्दै आएलो सनातन धर्मलाइ परिबर्तन गराउन कसैले पनि नसक्ने दाबी गरे । नवलपुर एफ एम का अध्यक्ष नारायण शर्माको अध्यक्षता मा भएको कार्यक्रम मा बिबिध सास्कृतिक प्रस्तुति समेत प्रर्दशन गरिएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार