सुनवल चिनी मिलमा स्थानियद्वारा तालाबन्दी - Butwal Online
सुनवल चिनी मिलमा स्थानियद्वारा तालाबन्दी

सहबान अन्सारी
नवलपरासी, ६ भदौ । नवलपरासीको सुनवलनगरपालिका वडा नं १ स्थित सुनवल चिमिलमा स्थानिया द्वारा अनिश्चितकालिन ताला बन्दी गरिएको छ ।



उखु क्रसिङ्गको सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १२ करोड बाकी रहेको बिरोधमा ताला बन्दी गरिएको सदस्य उखु कृषक समिती नवलपरासीका प्रवक्ता धिरज त्रिपाठीले बताए ।

समयमा भुक्तानी नपाउदाँ उखु किसानहरु निकै समस्या भोग्दै आएका छन । मिलले साउन मसान्त भित्र सम्पुर्ण भुक्तानी गर्न भनेपनि अहिले सम्म उक्त रकम भुक्तानी गर्न सकेको छैन । मिल संचालकलाई पटक-पटक आग्रह गरिएतापनि मिलले बाकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि आक्रोशित किसानहरुले मिलको लेखाशाखा र ३ वटा गोदाममा ताला बन्दी गरिएको त्रिपाठीले बताए ।

नवलपरासीको हजारौ किसानहरु नगदे बालीको रुपमा उखु खेती गर्दै आएपनि समयमै भुक्तानी नपाउदाँ ऋण समेत लिन परेको अवस्था सिर्जना भएको सदस्य उखु कृषक समितीका अध्यक्ष दुधनाथ गुप्ताले बताए ।

त्यस्तै प्रतापपुर गाऊपालिका स्थित ईन्दिरा सुगर मिल गंगापुरले किसानहरुको १८ करोड भुक्तानी नगरेको बिरोधमा मंगलवार स्थानियद्वारा ताला बन्दी गरिएको छ ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार