श्रीकृष्ण जन्माष्टमीको अवसरमा तिनाउ बोर्डिङ्गमा विविध कार्यक्रम - Butwal Online

बुटवल, ६ भदौ । बुटवल ११  देविनगरमा अवस्थीत तिनाउ ई. बो स्कुलमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।



शुुक्रबार विद्यालयको पाङग्रणमा आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा झण्डै १०० भन्दा बढी विद्यार्थीहरुले श्रीकृष्ण भगवानको स्वरुप धारण गरेका थिए । श्रीकृष्ण भगवानको स्वरुपमा उपस्थित विद्यार्थीहरु मध्ये कोहि हातमा बासुुरी सँगै छेउमा थुुप्रै गोपीनीहरु सहीतको नाटक पनि सँगै प्रस्तुत गरीएको थियो ।

विद्यालयका अध्यक्ष यज्ञमूूर्ति पाण्डेको प्रमुुख आतित्थ्यता तथा प्राचार्य सिता पाण्डेको विशिष्ट आतित्थ्यतामा सम्पन्न् उक्त कार्यक्रमले साच्चीकै भगवान् कुुष्णको झझल्को मेटाएको थियो । कार्यक्रमहरुको विचविचमा विभीन्न खाले भगवान कुुष्णसँग सम्बन्धीत लोकभजन , तथा झाँकीहरु पनि प्रस्तुुत गरिएको थियो । यसै अवसरमा बोल्दै विद्यालयकी प्राचार्य सिता पाण्डले श्रीकृष्ण जन्माष्टमी भनेको के हो ?यो के कारणले मनाइन्छ ? भगवान श्रीकृष्णको जन्म कहिले भएको थियो ? भगवान श्रीकृष्णले आफ्नो बाल्यकाल कसरी बिताएका थिए जस्ता भगवान श्रीकृष्णसँग सम्बन्धीत विभिन्न जानकारी प्रदान गरेका थिए ।

यसै अवसरमा तिनाउ साहित्य वाटिको आयोजना तथा इन्चार्ज विशवास भण्डारीको समायोजनमा कक्षा (४(९) मा श्रीकृष्ण जन्माष्टमी शिर्षकमा वक्तृत्वकला समेत सम्पन्न गरिएको थियो भने उता विद्यालयका नियमित शुुक्रवारीय क्रियाकलापहरु अन्र्तगत तिनाउ क्वीज क्लबको आयोजना तथा इन्चार्ज कृष्टीना पौडेलको समायोजनमा जुुनियर हाजिरी जवाफ प्रतियोगिता, तिनाउ आर्ट क्लबको आयोजना तथा इन्चानर्ज सानु पौडेलको समायोजनमा आर्ट एण्ड क«ाफ्ट प्रतियोगिता, तिनाउ इ. सोसाइटीको आयोजना तथा इन्चार्ज वेद प्रसाद न्यौपानेको समायोजनमा वक्तृत्वकला प्रतियोगीताहरु सम्पन्न भएका थिए ।

उक्त प्रतियोगिताहरु मध्ये वक्तृत्वकला (नेपाली) मा माछापुुच्र्छे सदनबाट कक्षा ८ स्टारकी सिजल कार्की प्रथम, कन्चनजङ्गा सदनबाट कक्षा ८ स्टारकी सरस्वती खनाल द्धितीय र सगरमाथा सदनबाट कक्षा ९ स्टारकी मुुस्कान भण्डारी तृतीय भएका छन् । त्यसै गरी आर्ट एण्ड ड्राफ्ट प्रतियोगितामा माछापुुच्र्छे सदनबाट कक्षा ६ सनकी करिस्मा श्रेष्ठ प्रथम, माछापुुच्र्छे सदनबाट कक्षा ६ सनकी सृजना बुुढाथोकी द्धितीय र कन्चनजङ्गा सदनबाट कक्षा ७ स्टारकी सैजल चौहान तृतीय भएका छन् ।

त्यसै गरी वक्तृत्वकला (अङग्रेजी) मा कन्चनजङ्गा सदनबाट कक्षा ८ सनकी सरस्वती खनाल प्रथम, सगरमाथा सदनबाट कक्षा ८ स्टारकी अन्सुु श्रेष्ठ द्धितीय र माछापुुच्र्छे सदनबाट कक्षा ५ मुुनका निश्चीत भुुषाल तृतीय भएका थिए र उक्त प्रतियोगितामा क्रमश प्रथम, द्घितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई विद्यालयका अध्यक्ष श्री यज्ञ मुर्ति पाण्डे र प्राचार्य सिता पाण्डले टिका तथा पुरस्कार प्रदान गर्नु भएको जानकारी विद्यालका सहप्रचार्य इश्वरी प्रसाद पाण्डेले दिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार