मरेङ रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा आचार्य - Butwal Online

बुटवल, ७ भदौ । मरेङ रुपन्देही सम्पर्क मञ्चको ५ औं अधिवेशनले रामप्रसाद आचार्यको अध्यक्षतामा नयँं नेतृत्व चयन गरेको छ ।



नवनिर्वाचित समितिको उपाध्यक्षमा नमराज सुवेदी, दिनेश कुंवर, सुशीला खनाल, सचिवमा उमेश कुंवर, कोषाध्यक्षमा डोलराज फूल्लेल र सहसचिवमा कृष्ण भुसाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडे जानकारी दिएका छन् ।

समितिको सदस्यमा तिलकराज उपाध्याय, कृष्णप्रसाद आचार्य, भोजबहादुर पाण्डे, अरुणा बन्जाडे, रमा आचार्य, शोभा फूल्लले निर्वाचित भएका छन् ।

यसअघि मञ्चको ११ औं साधारण सभा झविन्द्र फुल्लेलको अध्यक्षता तथा छत्रकुमार क्षेत्रीको संचालनमा भएको थियो । कार्यक्रममा शालिकराम बन्जाडे, राजेन्द्रकुमार आचार्य, तुलसी बन्जाडे, लक्ष्मी बन्जाडेलगायतले बोलेका थिए ।

साधारण सभाले अध्यक्ष तथा कोषाध्यक्षले पेश गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरेको थियो ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार