बिद्यालयका किशोरिले सेनेटरी प्याड आफै निकाल्न सक्ने मेसिन बितरण - Butwal Online

कावासोती, ७ भाद्र । नवलपुरको देवचुली नगरपालिकाका दुई विद्यालयहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन ( आफै सहज तबरले प्याड निकाल्न सकिने मेसिन ) वितरण गरिएको छ ।



दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास ) ले देवचुली नगरपालिकाको समन्वयमा भीमसेन आदर्श मा. वि. र कालिका मा वि मा भेन्डिङ मेसिन वितरण गरिएको हो ।

विद्यालयमा महिनावारीको समयमा विद्यार्थीहरुलाई विद्यालय आउदा प्याड प्रयोग गर्न सजिलो बनाउन , विद्यार्थीहरुलाई महिनावारी स्वच्छताका बारेमा जनचेतना अभिवृद्धि गर्न,महिनावारीको बेलामा नियमित रुपमा विद्यालयमा आउन प्रेरित गर्ने उद्देश्यले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरिएको नापा वासका कार्यक्रम संयोजक प्रवीण घिमिरेले बताए ।

विद्युतबाट चल्ने भेन्डिङ मेसिनमा एक पटकमा ५० वटा सम्म सेनेटरी प्याड राख्न सकिने र प्रत्येक छात्राहरुलाई स्मार्ट कार्ड प्रदान गरी महिनावारीका समयमा आफुलाई चाहिने प्याड निकाल्न सकिने नापा वासकी यानु गुरुङले बताईन्।


भेन्डिङ मेसिन भीमसेन आदर्श मा. वि. का प्रधानाध्यापक नरदेव न्यौपाने र कालिका मा. वि. का प्रधानाध्यापक रेशम कोइरालालाई नापा वासका प्रवीण घिमिरे र यानु गुरुङ्ले हस्तान्तरण गरेका हुन् ।

महिनावारीको समयमा प्याड माग्न लाज मान्ने किशोरीहरुलाई सहज रुपमा सेनेटरी प्याड निकाल्ने सक्ने भएकाले किशोरी भेन्डिङ मेसिन उपयोगी रहेको भीमसेन आदर्श मा वि की शिक्षिका निर्मला काफ्लेले बताईन् ।

देवचुली नगरपालिका वडा न ६ देखि ९ लाई २०७३ सालमा पुर्ण सरसफाई तथा वातावरणमैत्री वडा घोषणा गरिएको थियो । त्यसैको निरन्तरताका लागि नापा वासले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार