ब्ल्याक बेल्ट कमिटि रुपन्देहीमा क्षेत्री चयन - Butwal Online
ब्ल्याक बेल्ट कमिटि रुपन्देहीमा क्षेत्री चयन

बुटवल, ७ भदौ । ब्ल्याक बेल्ट कमिटि रुपन्देहीको दोस्रो अधिवेशन सुद्धोधन गाउपालिका वडा नं २ रुपन्देहीमा सम्पन्न भएको छ ।



जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही प्रमुख प्रशिक्षक रवि रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले मेख बहादुर क्षेत्रीको अध्यक्षतामा ९ पूर्ण र २ बैकल्पिक गरि ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विमल श्रेष्ठ, आशिष गौतम, होम गुरु¨, मन्दिरा क्षेत्री चयन हुनुभएको छ ।

पूर्ण सदस्यहरुमा मनिस पाण्डे, अनुपम ज्ञवाली, निर्मला बराल, सुजन पराजुली चयन हुनुभएको छ भने बैकल्पिक सदस्यहरुमा अंकिता केसी र अनिस केसी चयन हुनुभएको छ ।

सल्लाहाकारमा यम कुमारी थापा मगर, सुजन घिमिरे, मिलन निहुरे, सागर थापा र गणेश थापा रहनु भएको छ । उक्त अधिवेशनमा जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय सदस्य तथा एशियन रेफ्री सन्दिप थापा, खेलप्रेमी तथा युवा व्यवसायी मिलन निहुरे, पूर्व खेलाडी तथा समाजसेवी गणेश थापा, अविभावक बिजेन्द्र अर्याल र विकास थापाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा महिला हिंसा विरुद्धको १ महिने आत्मरक्षा तालिममा प्रशिक्षको रुपमा सहभागी हुनुभएका मेख बहादुर क्षेत्री, होम गुरु¨, अशिष गौतम र गणेश थापालाई प्रमुख अतिथिद्वारा खादा लगाई सम्मान गरिएको थियो । यम कुमारी थापा मगरको अध्यक्षता, मन्दिरा क्षेत्रीको स्वागत् र मेख बहादुर क्षेत्रीको संचालनमा उक्त अधिवेशन सम्पन्न भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार