सुनको भाउ ह्वातै बढ्यो, अहिलेसम्मकै महँगो मुल्यमा कारोवार - Butwal Online

काठमाण्डौ, ८ भदौ । आज आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो ।

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार