‘जोखीम मोलेर बालविवाह रोक्ने काम गर्छौ’ –अभियान्ता - Butwal Online

नेपालगन्ज, ८ भाद्र । वालवालिकाले स्वच्छिक रुपमा गरेको होस् या अभिभावकले गराइदिएको होस् वालविवाह रोक्न सक्नु आफैमा चुनौतिपुर्ण काम हो ।



वडास्तर, पालीकास्तरमा गठन भएका वालक्लव, किशोरी सन्जाल लगायतका समुहमा आवद्ध वालवालीकाले पनि यो काम जोखीमपुर्ण भएपनि गरीरहेका छन् । यी अभियान्ताहरुकै कारण धेरै वालवालीकाको कलीलो उमेरमा विवाह रोकिएको छ । जोखीम मोलेर वालविवाह रोक्ने काम गरीरहेको अभियान्ता तथा जिल्लास्तरीय किशोरी सन्जाल बाँकेका उपाध्यक्ष हिरा खत्रि ।

गाँउमा वालविवाह रोकिएको भोलीपल्ट उहाँलाई ज्यान मार्ने समेत धम्की आउने गरेका छन् । खत्रि विगत ४ वर्षदेखी वालविवाह न्युनीकरणको अभियानमा जुटिरहेकी छन् । उनले नेपालगन्ज २० मा आधा दर्जन बालविवाह रोकिसकेकी छन् । सकारात्मक काम भएकाले चुनौतिहरु पन्छयाउदै अभियानलाई निरन्तरता दिइरहेको उनले बताईन।

उनि जस्तै, बाँकेका वालविवाह विरुद्ध काम गरीरहेका अभियान्ताहरुले एक्लैले यो काम गर्दा धेरै जोखीम मोल्नुपर्ने भएकाले स्थानीय तह, वडा प्रहरी लगायत सरोकारवालाहरुको सहयोगमा अभियानलाई निरन्तरता दिइरहेको खजुरा गाँउपालीकाकी चेतना क्षेत्रि र वैजनाथ गाँउपालीकाकी अनु रावतले बताइन ।

बाँकेमा वालविवाह न्युनीकरणका लागी वालवालीकाले नै जोखीम उठाएर वालविवाह रोक्ने काम गरीरहेका छन् । यो अभियानमा वालीका अझ वढि सक्रिय छन् । तर कतिपय अवस्थामा जनप्रतिनिधि, प्रहरी लगायत सरोकारवाला निकाय संवेदनशिल नहुदा वालविवाह रोक्न समस्या रहेको अभियान्ता अन्जना चर्तुवेदि बताउछिन । सरोकारवाला सवैले साथ दिन सके मात्र यो अभियान प्रभावकारी हुने उनको भनाई छ ।

वालवालीकाले आफ्नो गाँउमा भएका वालविवाह रोक्न थालेपछि स्थानीयहरु समेत वालविवाह गर्न निरुत्साहित हुन थालेका छन् । कतिपय अभिभावकहरुले गाँउमा किशोरीहरुले विवाह रोकिदिने डरका कारण भारतमा लगेर समेत विवाह गरीदिने गरेकाले चुनौति रहेको अभियान्ता किशोरीहरुको भनाई छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार