पाल्हिनन्दनमा छोरा छोरी बिच भेदभाव बिरुद्ध मन्चिय नाटक तथा सास्कृतिक कार्यक्रम - Butwal Online

सहबान अन्सारी
नवलपरासी, ८ भदौ । नवलपरासीको पाल्हीनन्दन गाँउपालिका वडा नं ५ गेरमीमा छोरा छोरी बिच भेदभाव बिरुद्ध मन्चिय नाटक तथा सास्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ।


छोरा छोरीलाई पढाऔं उज्वल भविष्यको बनाऔं जस्तो नारा सहितको एकता किशोरी समुहको आयोजना तथा ए.बि.सी नेपाल र स्ट्रोम फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम गरिएको हो



सुरेखा मौर्यको अध्यक्षता तथा पल्हीनन्दन गाऊपालिका उपप्रमुख पबित्रा कोहारको प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहाँरले समाज बाट छोरा छोरी बिच भेदभाव गर्नु परम्पराको अन्तय हुन जरुरी रहेको बताईन ।

मात्र छेरा ले केही गर्न सक्छ भन्ने सोच राख्नु हुदैन साथै छोरीहरुलाई उच्च शिक्षाको साथ साथ सिपको अवसर दिन जरुरी रहेको जस्तो धारणा राखेकी थिइन् ।


कार्यक्रममा राजनारायण मा.विका प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डे, सुन्नर हरिजन ओमप्रकाश गुप्ता, सुरेन्द्र गौडं, नन्दलाल कवर लगायतहरुको उपस्थिती रहेको ए.बि.सी.नेपालकी फिल्ड सुपरवाईजर साईदा निशा पठानले बताईन ।

कार्यक्रममा बिभिन्न किशोरी समुहबाट भेदभाव बिरुद्ध मन्चिय नाटक तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमको संचालन उमेश बिकले गरेका थिए।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार