चितवनमा रवि समर्थक र प्रहरीबीच झडप, प्रहरीद्वारा लाठी चार्ज र अश्रु ग्याँस प्रहार - Butwal Online

चितवन, ८ भदौ । पत्रकार रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै चितवनमा प्रदर्शन भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ ।



जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका पत्रकार लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएसँगै तीनै जनाको बयान सुरु भएको छ । आज अस्मिता कार्कीको बयान सकिएको तर रवि र युवराज कंडेलको बयान भने भोली हुने भएकाले तीनै जनालाई आज पनि हिरासतमै राखिने भएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार