अस्थायी तथा करार शिक्षकहरुद्धारा सामाजिक विकास मन्त्रालयमा धर्ना - Butwal Online

बुटवल,८ भदौ । अस्थायी करार शिक्षक आन्दोलन समितिले विभन्न माग राख्दै प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन ।


२० औं वर्षदेखि अध्यापन गर्दै आएका अस्थायी तथा करार शिक्षकहरुलाई एकाएक सरकारले रोजगारबाट हटाएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन ।



भदौ महिनाको चर्काे घाममा समेत शिक्षकहरु मन्त्रालयको गेट अगाडी बसेर आज थाल ठटाउँदै धर्नामा दिएका थिए ।
आफुहरुको माग पुरा नभए संसद भवन अगाडी भोकै आन्दोलन गर्ने अस्थायी करार शिक्षक आन्दोलन समितिका अध्यक्ष दयांशकर गुप्ताले बताए ।

शिक्षकहरु लगातार मन्त्रालयको गेट निर ६ दिनदेखि धर्नामा बसेको उनिहरुले जानकारी दिए । मन्त्रालय अगाडी नै आएर धर्नामा बस्दा समेत आफुहरुको माग सम्बोधनको लागि मन्त्री सुर्दशन बरालले चासो नदिएको उनिहरुको गुनासो छ ।

आफ्नो विद्यालयमा उमेरको हद पुरा नभए सम्म अस्थायी करार शिक्षककै रुपमा रहेर भएपनि सेवा गर्न पाउँनु पर्ने शिक्षकहरुले माग गरेका छन । ४० वर्षसम्म शिक्षक पेशामा लागेर सरकारले आपुहरुलाई हटाएर वेरोजगार बनाएको उनिहरुले गुनासो गरे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार