लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव - Butwal Online
लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव

रुपन्देही, ८ भदौ । लैङ्गिकमैत्री वातावरण निर्माणका लागि लैङ्गिकमैत्री निति र कानून निर्माण गर्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।


सञ्चारिका समूह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको लैङ्गिकमैत्री नगर हाम्रो रहर बिषयक अन्तक्रिया तथा तीज मिलन कार्यक्रमका सहभागीहरुले लैङ्गिकताका मुद्धा ओझेलमा परेकाले लैङ्गिकमैत्री निति र कानून निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।



बुटवल उपमहानगरपालीका ,तिलोत्तमा, सैनामैना र देबदह नगरपालिकाको सहयोगमा आयोजीत कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालीकाका उपप्रमुख गुमादेबि आचार्यले लैङ्गिकमैत्री नगर बनाउने योजना अनुरुप महिला शसक्तिकरण अभियान चलाएको बताईन । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलता र सिपमुलक कार्यक्रम आयोजना गरेको बताईन ।

“ पितृसतात्मक सोंचका कारण महिलाहरुमाथिको विभेद अझै कायम छ । यसलाई हटाउन सकारात्मक चिन्तन जरुरी छ । ” उनले भनिन् ।

देबदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले लैङ्गिकमैत्री नगर निर्माणका लागि महिला शसक्तिकरण जरुरी रहेको बताईन । उनले मधेसी, मुस्लीम र दलीत महिलाहरुको अवस्था कमजोर रहेकाले आयआर्जन र उद्यमशिलतासंग जोडेर नगरपालिकाले कार्यक्रम तयार पारेको बताईन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले लैंङ्गिक मैत्री नगर निर्माणका लागि स्पष्ट रणनीति निर्माण गरी नीति तथा कार्यविधि कार्यान्वयनमा लैजानुपर्ने बताईन । उनले लैङ्गिकमैत्री नगर निर्माणका लागी सबै भाषा, क्षेत्रका महिलाहरुलाई समेटेर प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरिन ।

टिप्पणीकर्ता मिनाक्षी न्यौपानेले स्थानीय तहमा महिलाहरुले पाएको अवसरलाई उपलब्धीकारुपमा बदल्नुपर्ने बताईन । “ अब स्थानीय तह महिला नेतृत्वले अवसर पाएनौ भनेर गुनासो गर्ने ठाउँँ छैन । मौका पाएको समयमा गरेर देखाउनुपर्छ ।” उनले भनिन् ।

सञ्चारिका समूहका प्रदेश ५ अध्यक्ष पार्वती पाण्डे, संस्थाका सल्लाहकार अमृता अनमोल,सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले नेपालको संबिधानले महिला अधिकारको विषयलाई मौलिक हककोरुपमा मान्यता दिएपनि कार्यान्वयनमा ध्यान नदिदा लैङ्गिकताका मुद्धा ओझेलमा परेको बताईन ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका अध्यक्ष डिपी खनाल ,संस्थाका उपाध्यक्ष मिना ढकाल, महासचिब बिन्दु थापा, अधिकारर्मीहरु राधा भट्टराई, रीता सेन, सरीता श्रीष लगायतले बोल्दै स्थानीय तहले लैङ्गिकताका मुद्धालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार