सूचना प्रविधि प्रतिष्ठान विधेयकमाथि दफावार छलफल - Butwal Online

बुटवल,८ भदौ । प्रदेश नं ५ को प्रदेशसभामा गठीत प्रदेश मामिला तथा कानून समितिमा सूचना तथा संचार प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।


आइतबार बसेको समितिको बैठकमा विधेयकमाथि दफावार छलफल सुरु भएको हो । समितिका सभापति दामा कुमारी शर्माको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरि सिंह धामी समेत उपस्थिति रहेको थियो ।



बैठकले समितिको बैठक सञ्चालन कार्यबिधि समेत पारीत गरेको छ । बैठकमा समितिको बार्षिक प्रतिवेदनको खाका समबन्धमा समेत छलफल भएको थियो ।

यसैबीच आजै बसेको भौतिक पूर्वाधार विकास समितिको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक बर्ष २०७५÷०७६ को प्रगति र आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक कार्ययोजना बारे छलफल भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेयले जानकारी दिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार