उत्पादन बढाउने क्षेत्रहरूमा लगानी गर्नुपर्छ गर्भनर नेपाल - Butwal Online

पाल्पा, भदौ ८ । आईतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले तानसेनको युनाईटेशन मिशन अस्पताल अगाडी नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर र रैनादेवी छहरा गाउँपालिका–४ मा नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गरेका छन ।



नेपाल राष्ट्र बैंकका गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थाहरू विकास निर्माणका सम्भाहक भएकोले बैंकहरूले उत्पादन बढाउने क्षेत्रहरूमा लगानी बढाउनुपर्ने बताए ।

नेपाल बैंक लिमिटेडले गुल्मिको शान्तिपुरमा आफ्नो साखा बिस्तार गरेको छ । शाखाको नेपाल बैंक लिमिटेडका संचालन समितीका अध्यक्ष बासुदेब अधिकारी र चन्द्रकोट गाउपालिकाका अध्यक्ष दोर्ण खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

शाखाको उद्घाटन गर्दै अधिकारीले बैंकको बिगत र बर्तमान को बिषयमा समिक्षा गर्दै नेपाल बैंकले दिएका सुबिधा र आधुनिक बैंकिङको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल बैंक लिमिटेड ५ नंबर प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पाले तम्घास र अर्घाखाँचीमा पनि छिट्टै शाखा बिस्तार गरिने बताए ।

उक्त कार्यक्रममा चन्द्रकोट गाउपालिकाका अध्यक्ष दोर्ण खत्री ,उपाध्यक्ष राधिका अर्याल ,जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेत ,वडा अध्यक्ष गोकर्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राख्दै शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाका प्रमुख सुर्यराज गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम शाखाकी सहायक बिन्दु कुवरको स्वागत र दिनेश नेपालको संचालनमा संपन्न भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार