‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक - Butwal Online
‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौं, १० भदौ । फिल्म ‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। दिपक राज गिरी र दिपा निरौलाको फिल्म ‘छ माया छपक्कै’को फर्स्ट लुक्सको रुपमा एक पोस्टर सार्वजनिक भएकाे हाे ।



सार्वजनिक पोस्टरमा केकी अधिकारी, दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे अटिएका छन्। पोष्टरमा केकीले घुम ओडि रहेकी छिन् भने दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे डोकामाथि हात राखि केकी तिर नजर लगाईरहेका छन् ।

फिल्म ‘छ माया छपक्कै’ लाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । रोहित अधिकारीको लगानी रहेको फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको सह निर्मातामा सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् । दिपक राज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, दिपा श्री निरौला लगायत कलाकारको अभिनय रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार