सेनाको सहयोगमा भैरबनाथ मन्दिरमा बृहत सरसफाई –फोटो फिचर - Butwal Online

सुनिल कार्की

पाल्पा,भाद्र ११ । पाल्पा स्थित नेपाली सेनाको श्री गोरखदल गणले भैरबस्थान मन्दिर क्षेत्रको फुलबारीमा बृहत सरसफाई गरेको छ । मन्दिर क्षेत्रमा रहेको मणिमुकुन्द सेन (प्रथम) फुलबारी सहित मन्दिर आसपासको क्षेत्रमा सरसफाई गरिएको हो ।



मन्दिरको दर्शनका साथै फुलबारी क्षेत्रमा थप सौन्दर्यता कायम राख्न टेवा पु्याउने उद्धेश्यका साथ सरसफाई गरिएको श्री गोरखदल गणका सेनानी मनोज डंगोलले बताए ।

सरसफाईले मन्दिर दर्शन र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई घुमफिर गर्नुका साथै समय ब्यतित गर्न सहज माध्य बन्ने अपेक्षा लिएको सेनानी डंगोलले जानकारी दिए ।

सरसफाई कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, वडा ४ भैरबस्थानका वडाअध्यक्ष दुर्गा खनाल,श्री गोरखदल गणका सह–सेनानी राजु श्रेष्ठ, मन्दिर ब्यवस्थापन समितिका ब्यवस्थापक मिन बहादुर बुढाथोकि,स्थानिय सहित ३० भन्दा बढी नेपाली सेनाको सकलदर्जा,नेपाल प्रहरी लगायतको संयुक्त सहभागीतामा सरसफाई कार्यक्रम गरिएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले सेनाको सहयोगमा गरिएको सरसफाई कार्यक्रमले मन्दिर क्षेत्रको थप सोभा बढाएको बताए ।

सेनाले भैरबनाथ मन्दिर क्षेत्रमा बृक्षारोपण,सरसफाई लगायत विभिन्न क्षेत्रमा सहयोग पु्याउर्दै आएको स्मरण गर्दै वर्षायाममा बढेको झाडीको कटान र गोडमेलले मन्दिर आसपासको क्षेत्रमा सुन्दरता थपिएकोप्रति धन्यावद दिए ।

पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले पाल्पाको धार्मिक स्थल,मठ मन्दिर,पर्यटकिय क्षेत्र ,तानसेन बजार क्षेत्रको सरसफाईमा विशेष योगदान पु्याउर्दै आएको छ ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार