मालपोत कार्यलय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ - Butwal Online

बुटवल, १२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलस्थित मालपोत कार्यालयका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस रकम सहित पक्राउ गरेको छ ।

 



जग्गा नामसारी गरी लालपुर्जा बनाइदिने भनि सेवाग्राहीहरुसँग १ लाख २० हजार घुस लिदै गरेको अवस्थामा बुटवल स्थित अख्तियारको टोलीले पक्राउ गरेको हो । उनिहरुलाई सेवाग्राहीको सुचनाको आधारमा आज दिउँसो साढे १२ बजे मालपोत कार्यालय परिसरबाटै रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियार कार्यलय बुटवल शाखाका सुचना पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानकालागि आयोगको केन्द्रिय कार्यालय टंगालमा पठाइने अख्तियारको बुटवल स्थित कार्यालयका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए ।

यो पनि पढ्नुहोस 

बुटवलको ट्राफिकचोक बाट घुस सहित दुई जना पक्राउ

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार