नेपाल विद्यार्थी संघ शुन्यता अन्त्य गरि महाधिबेशन उन्मुख हुनु आजको आवश्यकता - Butwal Online

नवलपरासी।

नेपाल विद्यार्थी संघको स्थापनाकाल देखि नै संघले राज्यको अनेकौ दमन र अत्याचारको सामना गर्दै बर्बर शासनको मुक्ति सहित नेपालमा प्रजातान्त्रिक ब्यबस्थाको पुनर्स्थापनाका लागि सदैब कृयाशिल यस संघले हरेक प्रतिकुल अवस्थाको सामना गरेको छ।



ठुला ठुला सामन्त, निरंकुश शासनहरुका लागि टाउको दुखाइ बनेको नेपाल विद्यार्थी संघ र यसको प्रजातान्त्रिक संघर्षलाई निमित्यान्न पार्नका लागि अनेकौ षड्यन्त्र अनि प्रहरी कार्वाहीहरु भए।

धेरै बिद्यार्थीहरुले आफ्नो जिवनको अन्तिम लक्ष्य नै प्रजातन्त्रको स्थापनाको लागि लहुले कलम र मसाल अन्कित रक्तरन्जित झण्डाको मान, सान र स्वाभिमान कायम गरे ।

लिला,ठगी, कामेश्वर, कुशेश्वर लागायतका अनेकौ बिद्यार्थी सहिदहरुले आफ्नो जिवनलिला नै समाप्त पारी नेपाल विद्यार्थी संघलाई चलायमान राखेका हुन।

हिजो पन्चायतकालमा गाउँ गाउ, टोल टोल, क्याम्पस क्याम्पस, स्कुल स्कुलका बिद्यार्थीहरुले नेबि संघको झण्डा लिएर प्रजातन्त्र प्राप्तीको आन्दोलनमा होमिएकै कारणले गर्दा नेपाल विद्यार्थी संघ भनेसि आज पनि हरेक विद्यार्थीको छाती फुलेर आउँछ र गर्बका साथ ” जय नेपाल!” भन्दछ्न।

नेपाल विद्यार्थी संघले प्रजातान्त्रिक संघर्षको मोर्चामा अग्राणी भुमिका निर्वाह गर्दै प्रहरीको गोलि र दमनको सिकार हुँदै गर्दा आफुलाइ कम्युनिस्ट विद्यार्थी भनेर चिनाउने संगठनका साथीहरु पन्चे गृहमन्त्री लाई प्रमुख अतिथि बनाइ कार्यक्रम गर्दै थिए।

नेपाल विद्यार्थी संघको ईतिहास पन्चायती ब्यबस्थाको विरुद्ध प्रजातान्त्रिक संघर्ष देखि निरंकुश राजतन्त्रको अन्त्य देखि लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा नेपाल विद्यार्थी संघ १२ औ महादिबेशनको सहकसमा रोमलिएको छ।

हिजो अतिनै प्रतीकुल अवस्थामा पनि आफ्नो संघको गतिविधि सन्चालान गर्दै पन्चायत कालमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचान गराउन सफल नेपाल विद्यार्थी संघ आजको दिन सम्म आइपुग्दा आफनै महादिबेशन गराउन न सकि बिगठन भएको छ।

के लिला ठगी कामेश्वर कुशेश्वरले आफ्नो जिवनको आहुती दिएको आज यहि दिन देख्नका लागि हो त? नेपाल बिद्यार्थी संघले प्रजातन्त्र प्राप्ती सहित अनेकौ विद्यार्थी समस्याहरु सहित समसमायिक समस्या र मुद्दाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै नेपालको राजनैतिक परिवर्तनमा जति नेपालका दलहरुको भुमिका रहेको छ, उति नै नेपाल विद्यार्थी संघको भुमिका रहेको छ।

नेपाल विद्यार्थी संघले सदैब आआफ्ना एजेन्डाहरुलाई प्रष्ट सङ्ग विद्यार्थीहरु माझ प्रस्तुत गर्दै आएको छ। नेपालका कम्युनिस्टहरु जनता मतलाई तिरस्कार गरि सत्ता र शक्ति बन्दुकको नाल बाट प्राप्ती हुने भन्दै रोल्पा रुकुमका कुला कन्दराहरुमा भरुवा बन्दुक पड्काउदै गर्दा नेपाल विद्यार्थी संघ मात्र त्यस्तो संघ हो जस्ले काठमाडौका गल्ली गल्ली चोक चोकमा राजतन्त्रको सन्दर्भिता कति भनेर बहस चलाउने संगठन हो, पार्टीलाई पनि समय कालको आवस्यकता अनुसार गतिशिल हुनका लागि सदै झकझकाउने हाम्रो ने बि संघ नै आज बिगठन भएको छ।

नेपाल विद्यार्थी संघको १२ औ महादिबेशन नहुनु भनेको नेबि संघको नेतृत्वलाई मात्र अनिर्णयको बन्दी बनाएको होइन, सम्पुर्ण विद्यार्थी अन्दोलन अनि आम विद्यार्थीहरुको बिश्वासलाई बन्दी बनाइएको हो।

यसले गर्दा पार्टी सहित लोकतान्त्रिक अन्दोलन र परिवर्तनको नेतृत्वदायी संघ प्रती बिश्वास राख्ने लाखौ विद्यार्थीहरुको आस्थालाई बन्दी बनाइएको हो। लाखौ विद्यार्थीहरु को आस्थालाई बन्दी बनाउनु भनेको लोकतान्त्रिक अभ्यासलाई बन्दी बनाइएको हो। कसैको आस्थालाई कसैको स्वार्थका लागि बन्दी बनाइनु कहाँ सम्म सहि हो।

बिचार लाखौ विद्यार्थीले गरिरहेका छ्न। हिजो देशको प्रजातान्त्रिक ब्यबस्थाका लागि ज्यान दिने संघ आज आफ्नो संघको १२औ महादिबेशन गराउन नसकेर ६-७ महिना बाट नेतृत्व बिहिन भएको छ।

यसको जिम्मेवारी निबर्तमान समिती सहित सिङ्गो नेपाली काङ्ग्रेसले लिनु पर्छ। कोहि आफू प्रतीकुल नेतृत्व आउने सम्भावना देखेसी पूरा संघलाई नै बिगठन हुन दिनु भनेको अपराध हो।

यस अपराध बाट उन्मुक्ति हुने छुट कोहि कसैलाइ छैन, लाखौ विद्यार्थीले हेरिरहेका छन। यथाशीघ्र पार्टीले यो नेबि संघको सुन्यतालाई भर्दै नया नेतृत्व तदर्थ समितिका नाम दिनु आवश्यक छ, साथै अब बन्ने तदर्थ समितीले हिम्मतका साथ ५-६ महिनामा नेपाल विद्यार्थी संघको १२ औ महादिबेशन गरि विद्यार्थी आन्दोलनलाई गतिशिलता दिदै लाखौ विद्यार्थीहरुको आफ्नो नेतृत्व आफै चुन्न पाउने अधिकारको रक्षा गर्नु पर्ने देखिन्छ। होइन भने इतिहासले कसैलाइ माफ गर्ने छैन। हिजो देशमा लोकतन्त्र स्थापनाका लागि संघर्षत हाम्रो संघका लाखौ विद्यार्थीहरु आन्तरिक लोकतन्त्रको रक्षार्थ संघर्ष गर्न बाध्री हुने छ्न।

नेपाल विद्यार्थी संघलाई निकास दिनु आज को पार्टी नेतृत्वको प्रमुख दायित्व हो किन भने पार्टीका सबै नेतृत्वदायी नेतागण हरु नेपाल विद्यार्थी संघकै मार्फत आज त्यो तह र तप्काको नेतृत्व गर्न सफल भएको त हामी सबैलाई थाहा नै छ।

आज आफैले कुनै बेला नेतृत्व गरेको संघलाई यो अवस्थामा अनिर्णयको बन्दी बनाउने अधिकार कहि कसैलाइ छैन। यथाशीघ्र नेपाल विद्यार्थी संघको तदर्थ समिती गठन गरि १२ औ महादिबेशनको तयारी गरौ।

नेतृत्व त टीका प्रथाबाट आउला तर बिचार, एजेन्डा अनि कार्यदिशाको निर्धारण महादिबेशनले मात्र दिन सक्छ। त्यसैले नेबि संघको बर्तमान शुन्यता अन्त्य गरि १२ औ महादिबेशन उन्मुख हुनु आजको अपरिहार्य आवश्यकता रहेको छ। जय नेपाल।

किशोर गैरे
नेता, नेपाल विद्यार्थी संघ नवलपरासी

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार