जिल्ला समन्वय समितिको ल्याण्ड क्रुजर गाडी रातिमा पानी बोक्ने काममा प्रयोग - Butwal Online

बुटवल, १५ भदौ । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चढ्ने गाडी रातिमा पानी बोक्ने काममा प्रयोग हुदै आएको पाइएको छ । लु १ झ २३४ नम्बरको ल्याण्ड क्रुजर गाडी बिहिबार राती पौने नौ बजे बुटवलको तिनकुने स्थित पिउने पानी भर्ने ठाउँमा फेला परेको हो ।



सरकारी गाडी रातको समयमा पानी बोक्ने कार्यमा प्रयोग भएको देखेपछि बुटवल अनलाइनले सरकारी गाडीले रातको समयमा पानी ओसार्न मिल्छ भनि प्रश्न गर्दा चालकले भने सरकारी गाडीले पानी बोक्न हुदैन र भनि प्रतिप्रश्न गरेका थिए । सरकारी गाडीमा रातको समयमा पानि बोक्ने काममा प्रयोग कसको अनुमतिमा गर्नु भयो भनेर प्रश्न गरेपछि भने उनि केहि बोलेनन ।

सरकारी गाडी रातको समयमा पानी बोक्ने कार्यमा प्रयोग भएको बारे जिज्ञासा राख्दा जिल्ला समन्वय समितिका प्रमुख एकराज बिश्वकर्माले आफु चढ्दै आएको सो गाडी सूरक्षाका कारण बुटवल स्थित आफ्नो निवासमा नराखेर भौतिक पूर्वाधार विकास मन्त्रालयको कम्पाउण्डमा राख्ने गरेको र अरु कसैले पानी बोक्न प्रयोग भएको हुन सक्ने प्रतिक्रिया दिए ।

सरकारी गाडी सरकारी काम काजका लागि बाहेक अन्य काममा प्रयोग गर्न नपाइने प्रावधान बिपरित रातको समयमा पानी बोक्ने कार्यमा प्रयोग भएको हो । गाडीमा ४/५ जना महिला सहित ४/५ वटा पानिको जार र ४/५ वटा ठुला ग्यालेन सहित भेटीएको थियो ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार