यस वर्ष युट्युवमा चर्चित ७ तीज गित (भिडियो सहित) - Butwal Online
यस वर्ष युट्युवमा चर्चित ७ तीज गित (भिडियो सहित)

खगेन्द्र दाहाल
नेपालगन्ज, १६ भदौ । हरेक वर्ष सयौ तिजका गितहरु निस्कने गरेका छन । तिज आउनु पुर्व ४५ दिन अघि नै तिजका गितहरु बजारमा कलाकारले ल्याइसकेका थिए । हिजो आज तिजका गित खोज्न पसलमा जान पनि पर्दैन ।



इन्टरनेटको माध्यमबाट तिजका गित युटुवबाट हेर्ने डाउनलोड गर्ने गरेर नाच्ने प्रचलन मौलाइसकेको छ । यसपालि बजारमा आएका हामिले फेला पारेका तिज गितहरुमध्ये युटुवमार्फत धेरै हेरीएका मनपराइएका सात गितबारेमा चर्चा गर्देछौ ।

१. गाउँघरसम्म इन्टरनेटको पहुँच पुगे सगै डेग साउण्ड बजाएर तिजका गितमा रमाउने प्रचलन केहि वर्षयता बढेको छ । मौलिक पाराले गाउँघरमा तिजका भाकामा गाएर दुख सुखको कुरा गर्ने, नाच्ने रमाउने परम्परा हराइसकेको पाइन्छ । अहिले चर्चा हुन्छ त केवल कलाकारले युटुवमार्फत बजारमा ल्याएका गितको । यस वर्ष मिश्रीत गितहरुले युटुवमा दर्शक पाएका छन । जसमध्ये सिन्धु मल्लको चिटिकै भाछुरे बोलको गितले अत्याधिक दर्शक पाएर पहिलो नम्बरमा स्थान बनाएको छ । सिन्धुमल्लको गितलाई हामीले यो समाचार तयार पार्दा सम्म ६४ लाख ६९ हजार बढिले युटुवमा हेरीसकेका छन ।

२. हरेक वर्ष तिजमा गित गाउनेहरु भन्दा पनि कहिलै तिजका गित नगाएका कलाकारको गितले पनि चर्चा कमाएको छ । मोडल तथा गायक दुर्गेश थापाले अलि फरक ढङगले प्रतुति गरेका कारण पनि दर्शकले मनपराइदिएका छन । दुर्गेशले गाएको हामि पनि नाच्नु पर्छ विच्च विचमा बोलको गित सबैको मनमा बस्न सफल बनेको छ । युटुवमा दोश्रो नम्बरमा रहेको गितलाई हामीले यो समाचार तयार पार्दा सम्म ६२ लाख ७० हजार बढि दर्शकले हेरेका छन ।

३. तिजमा सधै चर्चाको शिखरमा रहने गायक हुन पशुपति शर्मा । पशुपतिले तिजमा हरेक वर्ष अरु कलाकार भन्दा धेरैनै गित गाउने गर्छन । यसपालि अलि कम गित गाएका पशुपतिको केहि गित चर्चामा छन । जसमध्ये युटुवमा धेरै हेरीएको अष्ट्रेलिया काण्ड शिर्षकको गित तेश्रो नम्बरमा छ । गितमा पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको छ । यस गितलाई हामीले यो समाचार तयार पार्दा सम्म ४५ लाख ९६ हजार बढि पटक दर्शकले हेरीदिएका छन ।

४. हिजो आज कुनै गित डाइलग, अभिनयलाई चर्चामा ल्याउने टिकटक पनि हो । गित गितहरुपनि टिकटकमा खुबै रुचाइएको देखिन्छ । टिकटकमा एक नम्बरमा आएको तिज गित के छ ओए पानपाते ठुलीलाई युटुवका दर्शकले पनि अत्याधिक मनपराएर हेरीदिएका छन । यसगितमा रविन लामिछाने र रिना केसीको स्वर रहेको छ । गितलाई हामीले यो समाचार तयार पार्दा सम्म ४३ लाख ४२ हजार बढि दर्शकले हेरेका छन ।

५. धेरै दर्शक पाउने कलाकारहरुको भिडमा पशुपतिका अन्य गित पनि परेका छन । सुहायो चौपट्टै बोलको गित गाउँघर,पार्टिहरु सगै युटुवमा धेरै मनपराइएको गितमा परेको छ । युटुवमा यो रिर्पोट तयार पार्दा सम्म पाँचौ नम्बरमा रहेको गितले हामीले यो समाचार तयार पार्दा सम्म ३७ लाख ५६ हजार बढि दर्शक पाएको छ । गितमा पशुपति सगै देवि घर्ति, राजु ढकाल र सुस्मिता घर्तिको सयुक्त आवाज रहेको छ ।

६. गितका गितमा हास्य व्यङय सहितका शव्द रहेको पनि चर्चामा छन । जसमध्ये ठेल न बुढि ठेल बोलको गितले युटुवमा हामीले यो समाचार तयार पार्दा सम्म ३४ लाख १० हजार बढि दर्शक पाएको छ । रविन घर्तिमगर, मदन सेन्चुरी र टिका लामिछानेको स्वररहेको गित छैठौ नम्बरमा रहेको छ ।

७. यस वर्ष अध्याधिक मन पराइएको गितहरुको भिडमा नारी बेदनाले भरीएको गायिका शान्तिश्री परियारको फुलमति चनमति गितलाई पनि दर्शकले आफ्नो रोजाईमा पारेका छन । सातौ नम्बरमा रहेको यस गितले हामीले यो समाचार तयार पार्दा सम्म २१ लाख ५५ हजार बढि दर्शक पाएको छ । गितमा शान्तिश्री सगै ज्ञानु परियारको आवाज रहेको छ ।

पहिले गितको मापन रेडियो टेलिभिजन र क्यासेट विक्रिबाट गरिन्थ्यो भने अहिले युटुवको भ्युवरको आधारमा गरीन लागिएको छ । यसमा केहि गितहरुले बास्तविक चर्चा कमाउछन भने केहि गित हल्लाको भरमा चर्चामा रहन्छ जसले बास्तविक तिजगितहरु ओझेलमा पर्ने गरेका छन ।

यो पनि पढ्नुहोस

हरितालीका तीज : पुरानो संस्कृति हराउँदै, तडकभडक र विकृती मौलाउँदै

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार