वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी - Butwal Online
वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी

अर्घाखाँची, १७ भदौ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अज्ञात समुहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेका छन् ।



छत्रदेव गाउँपालिका ७ का वडाध्यक्ष शोभाकर पाण्डे चढ्दै आएको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख (डिएसपी) प्रकाश बिष्टले जानकारी दिए । आगलागीबाट मोटरसाइकल पुर्णरुपमा जलेर नष्ट भएको छ।

पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् । उक्त मोटरसाइकलमा बिप्लव समुहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार