प्रदेश ५ सरकार : ६ जनालाई आएको निम्तोमा ९ जना विदेश भ्रमणमा - Butwal Online

३ जना प्रदेश सरकारकै खर्चमा

बुटवल, १८ भदौ । प्रदेश नं ५ सरकारको ९ सदस्सीय चीन भ्रमण टोली मध्ये ६ जनाको खर्च मात्रै आयोजकले व्यहोरेको जनाइएको छ ।



आयोजक चीनको गान्सु प्रान्त जनसरकारद्धारा ६ जनाको भ्रमण खर्च मात्रै व्यहोर्ने जानकारी दिए पनि प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी सहित ९ सदस्सीय टोली चीन भ्रमणमा गएको हो ।

भ्रमण टोलीमा सहभागि ३ जना प्रदेश सरकारकै खर्चमा चीन भ्रमणमा गएको खुलेको हो । चीनको गान्सु प्रान्त जनसरकारको निमन्त्रणामा प्रदेश नं ५ सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी सहित ९ सदस्सीय टोली यही भदौ १२ गते चीन भ्रमणमा गएको हो ।

आयोजक चीनको गान्सु प्रान्त जनसरकारद्धारा प्रदेश सरकारलाई पठाएको पत्रमा ९ सदस्सीय भ्रमण टोलीको नाम स्विकृत गरे पनि ६ जनाको मात्रै खर्च व्यहोर्ने उल्लेख छ । चीनको गान्सु प्रान्त जनसरकारद्धारा आयोजित चौथो सिल्करोड अन्तराष्ट्रिय सांस्कृतिक प्रदर्शनी तथा ९ औं दुन्हुवाङ्ग सिल्करोड अन्तराष्ट्रिय पर्यटन महोत्सव समापन कार्यक्रममा सहभागि हुन प्रदेश सरकारको तर्फबाट प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री गिरीको नेतृत्वमा चार जना प्रदेशसभा सदस्यहरु सहित ९ सदस्सीय टोली यही भदौ १२ गते चीन प्रस्थान गरेको थियो ।

भ्रमण टोलीमा भ्रमणमा मन्त्री गिरी सहित प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने, सरास्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत कृष्ण केसी र लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपाने रहेका छन् ।

प्रदेश सरकारको खर्चमा चीच भ्रमणमा जाने सदस्यहरुको नाम भने खुलाइएको छैन । ६ जनालाई मात्रै निमन्त्रणा गरिएको कार्यक्तममा ९ जना सहभागि भएको बिषयमा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीलाई पटक÷पटक फोन सम्पर्क गर्दा फोन उठेन । त्यसो त पार्टीसँग सरोकार नगरी आफ्नो पार्टीका प्रदेशसभा सदस्यको नाम भ्रमण टोलीमा समावेस गरेको भन्दै प्रदेशसभा बैठकमा नेपाली कांग्रेसले बिरोध जनाएको थियो । चीन भ्रमणमा गएको मन्त्री गिरी नेतृत्वको टोली आज भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार