प्रदेश शभामा उठाएको प्रश्नको जवाफ प्रदेश सरकारले दिएन : सांसदहरु - Butwal Online

बुटवल, १८ भदौ ।

प्रदेश नं ५ को आज बसेको बैठकमा सात दिनभित्र दिनुपर्ने जवाफ प्रदेश सरकारले नदिएर प्रदेश सभा नियमावलीको उल्लंघन गरेको आरोप प्रदेश सभा सदस्यहरुले लगाएका छन्।  प्रदेश सभा सदस्य फकरुद्धिन खाँ  र कल्पना पाण्डे लम्सालले उक्त आरोप लगाएका हुन् ।



लुम्बिनी बौद्ध विश्व विद्यालयले विभिन्न विषयमा केन्द्रीय क्याम्पस लुम्बिनी भन्दा बाहिर कक्षा कोठा संचालन गर्न लागेको विषयमा आफुले प्रदेश सरकारको ध्यानकर्षण गराएको तर प्रदेश सरकारले त्यसको जवाफ नदिएको प्रदेश सभा सदस्य फकरुद्धिन खाँ ले आरोप लगाए।
लुम्बिनीमै प्राप्त भौतिक पूर्वधार हुदा हुदै प्रदेश सरकारको सहयोगमा लुम्बिनी बौद्ध विश्व विद्यालयले लुम्बिनी बाहिर विभिन्न विषयमा कक्षा संचालन गर्नु विश्व विद्यालयको नियम विपरित हुने उनको दावी थियो।

उनले लुम्बिनी बौद्ध विश्व विद्यालयले संचालन गर्ने सबै कक्षा लुम्बिनीमै संचालन गर्नुपर्ने माग गरे त्यस्तै दलित महिलामाथि विभेद गर्ने क्रम नरोकिएको र राष्ट्रिय जनावर गाई मार्ने आपराधिक तत्वलाई पत्ता लगाएर कारवाही गर्न समेत सांसदहरुले माग गरे ।

प्रदेश नं ५ को प्रदेशसभाले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

यसअघि सामाजिक विकासमन्त्री सुदर्शन बरालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले उक्त प्रदेशअन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोेधन गर्न बनेको विधेयक बैठकमा प्रस्तुत गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार