तीज मनाएर घर फर्कदैँ गरेकी महिलाको गहना र मोबाइल लुटियो - Butwal Online

बुटवल, १९ भदौ । अर्घाखाँचीमा गुल्मीकी एक महिला बुधबार दिउसो लुटिएकी छन् ।



अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ वाईगाउँमा रहेको माइतीमा तीज मनाएर घर फर्कदैँ गरेकी गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ भुवानपानीकी ५० वर्षीया सीता पौडेल सोही वडाको देउराली बजार नजिकै लुटिएकी हुन् ।

अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरेर करिव २ तोला सुन र मोबाइल सेट लुटेर भागेको छ । महिलाको गहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरे पनि हालसम्म सुनका गहना लुटने फेला नपरेको प्रहरीले जनाएको छ ।

२ दिन अगाडी सोहि वडाकै वडा अध्यक्ष चढ्ने सरकारी मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको घटना सेलाउन नपाउँदै दिनदहाडै लुटपाटको घटना हुनुले स्थानीयबासी त्रसित बनेका छन् ।

यो पनि पढ्नुहोस

वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार