गुल्मीमा पत्रकारमाथि दुर्व्यवहार - Butwal Online
गुल्मीमा पत्रकारमाथि दुर्व्यवहार

हुमाकान्त पोखरेल

गुल्मी, १९ भदौ । गुल्मीमा पत्रकारमाथि दुर्व्यवहार भएको छ । रेसुङ्गा नगरपालीकामा भएको तालबन्दीसम्बन्धी समाचार संकलन गर्न गएका पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका संवाददाता अनिल खत्री लगायतका पत्रकारमाथि दुव्र्यवाहार भएको हो ।



संचारकर्मीमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारि गरि घटनाको भ्रत्सना गरेको छ ।

नेपाल पत्रकार महासंघ उपाध्यक्ष सिता भण्डारीद्वारा जारि विज्ञप्तीमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खत्री, सदस्य तिलाचन पाण्डे र पत्रकार अजय सुनारमाथि रेसुङ्गा नगरपालीका ८ का वडाअध्यक्ष सहितका केही जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार गरेको र यसले स्वतन्त्र पत्रकारीता र लोकतन्त्रको अपमान भएको भन्दै घटना प्रति खेद प्रकट समेत गरिएको छ ।

पत्रकार महासंघद्वारा जारि विज्ञप्तीको विषमा वडा नम्बर ८ का अध्यक्ष भरत भलामीले आफुले प्रेसको सधै सम्मान गर्दै आएको र नगरपालिकामा संचारकर्मीमाथि कुनै किसिमको अभद्र व्यवहार नभएको दाबी गरे ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार