प्रचण्ड प्रधानमन्त्री हुने सहमति कार्यान्वयन नहुने प्रभाकरको संकेत - Butwal Online

गणेश आचार्य
दाङ , २० भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी एकता गर्दा दुई अध्यक्ष प्रचण्ड र केपी वली आलोपालो प्रधानमन्त्री हुने भनेर गरिएको सम्झौता कार्यान्वयन नहुने संकेत गरेका छन् ।



प्रेस संगठन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा प्रभाकरले दुई अध्यक्ष आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता पार्टी एकता गर्ने सीलशीलामा गरिएकाले त्यसबेलाको सहमतीले खासै अर्थ नराख्ने संकेत गरे ।

बिगतका सहमती पार्टी एकिकरण टुंग्याउन गरिएको भन्दै नेता प्रभाकरले सरकारको नेतृत्व आलोपालोमा गर्ने बिषयमा अबको पार्टी कमिटीको निर्णय मात्रै मान्य हुने बताए ।

पार्टी आधिकारिक निर्णय गर्दा देशको हितमा मात्रै गर्ने उनको भनाई छ । पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री समेत रहेका नेता प्रभाकरले विप्लव समुहलाई हिंसाको राजनीति त्याग्न समेत आग्रह गरे ।

उनले भ्रष्टाचार र अन्या अत्याचारका बिरुद्ध जंगलबाट नभई काठमाण्डौ गएर आवाज उठान सुझाव दिए । अहिले जनताले हिंसा नभई शान्ति चाहेकाले जनचहाना बमोजिम अघी बढ्न उनले विप्लवलाई आग्रह गरे ।

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार